स्रष्टा सम्मानसँगै काव्य गोष्ठी
विराटनगर । नोबेल साकोस साहित्य संस्था विराटनगरले अग्रज साहित्यिक सर्जक राधिका गुरागाईँलाई सम्मान गरेको छ । त्यस अवसरमा काव्य गोष्ठी पनि आयोजना गरिएको थियो । विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभा हलमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
साकोस विराटनगर शाखाकी अध्यक्ष मन्जु घिमिरे दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीको सहभागिता थियो ।
यसैगरी, विशिष्ट अतिथिका रुपमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, भानु कलाकेन्द्रकी अध्यक्ष माया पौडेल, अतिथिहरु शिवनारायण सिंगल, हरि कट्टेल, भरत गुरागाई, रामबाबु दाहाललगायत सहभागी थिए ।
पाहुनाहरुलाई उपाध्यक्ष भूपाल अधिकारीले स्वागत गरेका थिए । यस्तै, स्रष्टा परिचय कोषाध्यक्ष ऋषि तिवारीले गराएका थिए । सम्मानित स्रष्टालाई दिइने सम्मानपत्र संस्थाका सहसचिव रेनुका राईले पढेर सुनाएका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार कवि हरि कट्टेल, साहित्यकार शिवनारायण सिङ्गल, संगम अभियान मासिकका सम्पादक रामबाबु दाहाल, नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष दिङ्लाली कान्छोले रचना वाचन गरे ।
यस्तै, उमेश लुइँटेल, शारदा भट्टराई, लक्ष्मी पोखरेल, जीवन काश्यप, अच्युतमणि भट्टराई, चुडामणि घिमिरे, नानुमैया दाहाल, गीतादेवी पोखरेल, नेत्र खतिवडा, शिरोमणि भट्टराई, प्रशंसा कार्की, शान्ता भट्टराई, कुमार श्रेष्ठ, किस्मत खतिवडा, लगायत साहित्यकारहरूले रचना वाचन गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन् ।
