उपनिर्वाचन : प्रचार प्रसारका लागि आज अन्तिम दिन
काठमाडौँ । आउँदो आइतवार हुने स्थानीय तहका विभिन्न पदको उपचुनावको लागि आज बिहीवार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले शुक्रबारदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् । त्यसैले प्रचारप्रसारका लागि बिहीबार नै अन्तिम दिन हो ।
विभिन्न कारणले रिक्त रहेका नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।
२० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । उपचुनावको नतिजाले आउँदो चुनावसम्मलाई प्रभाव पार्न सक्ने भएकाले दल र उम्मेदवारहरुले यसलाई प्रतिष्ठा र महत्त्वको रुपमा लिएका छन् ।
प्रतिक्रिया
