होटल व्यवसायी महासंघ कोशी प्रदेश समिति निर्विरोध चयन

इलाम । व्यवसायी राजन दंगालको अध्यक्षतामा होटल व्यवसायी महासंघ कोशी प्रदेश समिति गठन गरिएको छ । इलाममा आयोजित दोस्रो अधिवेशनबाट दंगालका अध्यक्षतामा २४ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।

समितिका वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुंगाना चुनिएका छन् । उपाध्यक्षत्रयमा गोविन्द थापा, जे.बी राई र राजन प्रधान चयन भएका छन् ।

यसैगरी, महासचिवमा बासुदेव बराल निर्वाचित भएका छन् । समितिको सचिवमा प्रेम सापकोटा, खिलकुमार सुवेदी र लालबहादुर श्रेष्ठ चयन भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी इन्दिरा श्रेष्ठले पाएकी छन् । महिला सदस्यका रुपमा पुनम थापा मगर चयन भएको समितिले जनाएको छ । खुला सदस्यतर्फ वेदप्रकाश दाहाल, रेवती रमण दाहाल, रविन्द्र अधिकारी, विजयराज प्रसाईँ, डिल्लीकुमारी ओझा, इन्द्रनारायण भट्टराई, नन्दकुमार बानियाँ, केशव गिरी, ममता राई, प्रकाश चापागाईँ, उमानाथ दाहाल (उमेश), जयप्रसाद उपाध्याय र नर्वु लामा शेर्पा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *