ब्लाइन्ड क्रिकेट टी-२० विश्वकप : नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं । पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा शनिबार देखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप सुरु हुँदैछ ।

वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम अनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी–२० विश्वकप डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुने छ ।

ब्लाइन्ड विश्वकपमा आयोजक पाकिस्तानसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेपाल र अफगानिस्तानले सहभागिता जनाउनेछन् ।

भारतले पनि प्रतियोगितामा सहभागिता जनाउने तय थियो तर अन्तिम समयमा भारतीय सरकारबाट भारतको ब्लाइन्ड क्रिकेट टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।

अब भारतलले खेल्ने लिग चरणका ६ वटै खेलमा विपक्षीले वाक ओभर पाउनेछन् । सहभागी ६ टोलीबीच राउण्ड रोविनका आधारमा खेल हुनेछन् ।

लिग चरणमा शीर्ष चारमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो हुने र चौथो हुने टोलीबीच पहिलो सेमिफाइनल हुनेछ । यस्तै दोस्रो हुने र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ । फाइनल खेल डिसेम्बर ३ मा मुल्तान क्रिकेट स्टेडियममा हुनेछ ।

प्रतियोगिताका खेलहरु लाहोर र मुल्टानमा सञ्चालन हुनेछ । लिग चरणका अन्तिम चार खेलसहित सेमिफाइनल र फाइनलका खेलहरु मुल्तानमा हुनेछ ।

नेपाल–श्रीलंका खेल्दै

उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल घाद्दी इन्स्टिट्युट अफ क्रिकेट लाहोरमा हुनेछ । यस्तै नेपालले आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछन । यस खेल पनि लाहोरस्थित साइद स्पोर्ट्स सिटी बेदिएनन रोडमा हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल नोभेम्बर २४ मा बंगलादेशसँग, तेस्रो खेल अफगानिस्तानसँग नोभेम्बर २५ मा, चौथो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर २६ मा तथा पाँचौ खेल नोभेम्बर २७ मा घरेलु टोली पाकिस्तानसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *