‘नेपाल कबड्डी लिग’ आयोजना हुने

काठमाडौं । ‘नेपाल कबड्डी लिग’ (एनकेएल) आयोजना गरिने भएको छ । नेपालमा पहिलो पटक यस्तो प्रतियोगिता हुन लागेको जनाइएको छ ।

विभिन्न ६ शहरको प्रतिनिधित्व रहने गरी फेन्चाइज लिग आयोजना गरिने भएको हो । लिगका लागि फेन्चाइच टोली घोषणा गरिएको छ ।

लिगमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढी गरी ६ शहरको प्रतिनिधित्व रहने छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा एनकेएलको लोगो र ट्रफी पनि सार्वजनिक गरिएको थियो । अखिल नेपाल कबड्डी संघले १० वर्षसम्मका लागि एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई लिग आयोजना गर्ने अधिकार दिएको थियो ।

उक्त प्रतियोगिता आगामी जुलाईमा गर्ने योजना रहेको कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *