लुम्बिनीमा विश्व शान्ति पूजा : १२ मुलुकका ६ सय जना श्रद्धालु सहभागी
लुम्बिनी । विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा ५ दिने पूजा सुरु भएको छ । पश्चिम विहार क्षेत्रमा रहेको नवनिर्मित पाल थुब्तेन सेडुप लिङ विहार (हजार बुद्ध मन्दिर) मा पूजा थालिएको हो ।
मंसिर ४ मंगलबारदेखि सुरु भएको पूजा ८ गते सकिनेछ । विश्व शान्तिको पूजासँगै विहारमा राखिएको बुद्धमूर्तिको प्राण प्रतिष्ठा पूजा पनि भइरहेको छ । सम्पूर्ण मानव जगत्को रक्षा, हित र सुस्वास्थ्यको कामना गर्दै महायानी परम्पराअनुसार पूजा थालिएको छ ।
पूजामा विभिन्न १२ मुलुकका १५० विदेशीसहित ६ सय जना सहभागी छन् । पूजामा महायानीको कानिङ सम्प्रदायका सम्मानित मूल गुरु छोक्यी निमा रिन्पोछेले सहस्र बुद्धको अभिषेक तथा प्रवचन दिइरहेका छन् ।
प्रतिक्रिया
