कमला नदीमा डुबेर ३ जनाको मृत्यु
सिराहा । गत शुक्रबार सिराहाको कमला नदीमा नुहाउने क्रमममा बगेर बेपत्ता भएका तीनै जना मृत अवस्थामा फेला परेका छन् ।
सिरहा नगरपालिका–६ स्थित कमला खोलामा नुहाउने क्रममा स्थानीय अबिशेख यादव, रोशन मण्डल र लक्ष्मण साह बेपत्ता भएका थिए ।
प्रहरीले तीनै जनाको शव कमला नदी किनारमा फेला पारेको हो । प्रहरीका अनुसार बेपत्ता दुई जना यसअघि नै भेटिएका थिए भने आज थप एक जनाको शव भेटिएको हो ।
प्रतिक्रिया
