कर्नाटकलाई ७ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ। भारत, कर्नाटकको १९ वर्षमुनिको टोलीसँगको दोस्रो अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोली ७ विकेटले विजयी भएको छ।

कर्नाटकको टोलीले दिएको १ सय २२ रनको लक्ष्य नेपाली युवा टोलीले २५ औं ओभरमा ३ विकेट गुमाएर भेटायो। नेपालका आकाश त्रिपाठीले नटआउट ५२, मयन यादवले ३२ रन बनाए।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्नाटकको टोली ३८ ओभर १ बलमा १ सय २१ रनमा अलआउट भयो। कर्नाटकका रिशव अपाचुले ४०, प्रथिकले ३७ रन बनाए। नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले ४–४ विकेट लिए।

योसँगै पाँच खेलको शृङ्खलमा १–१ को बराबरी भएको छ । शृङ्खलाको पहिलो खेलमा कर्नाटकको टोली १ विकेटले विजयी भएको थियो।

नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप कर्नाटकको टोलीसँग ५० ओभरको पाँच वटा अभ्यास खेल खेल्न लागेको हो। अभ्यास खेलपछि नेपाली युवा टोली एशिया कपका लागि यूएई जानेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *