एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान) ले शुक्रबार कार्यक्रम आयोजना गरी चर्चित टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिए। ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैँक छ। क्यानले सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *