काठमाडौँ विश्वको दसौँ प्रदूषित सहर, पाकिस्तानको लाहोर पहिलो
काठमाडौँ। काठमाडौँ पनि विश्वको दसौँ प्रदूषित सहर बनेको छ। यहाँको हावाको एक्यूआई १ सय ५४ छ। यसलाई अस्वस्थ मानिन्छ। बिहान ११ बजेको मापनअनुसार यस्तो पाइएको हो।
शनिबार भारतको राजधानी दिल्लीमा वायुको गुणस्तरको स्तर ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको थियो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा बिहान ९ बजे उपलब्ध तथ्यांक अनुसार दिल्लीको सबैभन्दा प्रदूषित हावा बवाना र न्यू मोतीबाग क्षेत्रमा रेकर्ड गरिएको थियो।
दिल्लीको बवाना र नयाँ मोती बागमा एक्यूआई ४०९ मा रेकर्ड गरिएको थियो। रोहिणी क्षेत्रमा पनि एक्यूआई ४०० मा रहेको छ। जब एक्यूआई ४०० भन्दा माथि जान्छ, वायुमा प्रदूषणको स्तरलाई गम्भीर श्रेणीको मानिन्छ। यी क्षेत्रहरू बाहेक, दिल्लीका धेरैजसो क्षेत्रहरूमा एक्यूआई ३ सय देखि ४ सय को बीचमा रहेको जनाइएको छ।
दिल्लीको हावामा पीएम २.५ कण सबैभन्दा बढी प्रदूषित छ। पीएम २.५ धुलोका धेरै सानो कणहरू हुन्। दिल्लीमा यी धुलोका कणहरूलाई नियन्त्रण गर्न पानी छर्कने काम पनि निरन्तर भइरहेको छ। त्यहाँ वायु प्रदूषणसँगै यमुना नदीमा पनि प्रदूषणको स्तर बढेको जनाइएको छ।
आईक्यू एयरका अनुसार पाकिस्तानको लाहोर सहरमा सबैभन्दा बढी प्रदूषण रहेको जनाइएको छ। त्यहाँको एक्यूआई ६५९ रहेको छ। त्यस्तै, दोस्रो स्थानमा नयाँ दिल्ली र तेस्रो स्थानमा चीनको बेइजिङ छ।
