विश्वकप छनोटमा नेपाल र युएईबीच प्रतिस्पर्धा आज

काठमाडौं । आइसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज (शनिबार) नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा हुँदै छ । छनोटअन्तर्गतको तेस्रो खेलमा युएईकै घरेलु मैदानमा नेपाल उसँग भिड्न लागेको हो । बिहान ११ः१५ बजे खेल सुरु हुने जनाइएको छ ।

प्रतियोगिता गत बुधबारदेखि सुरु भएको हो । पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले पराजित गर्यो ।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ महिला टी–२० विश्वकप क्रिकेट २०२६ को जनवरीमा मलेसियामा आयोजना हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *