नेपाल अमेरिकासँग ३७ रनले पराजित
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । शनिबार भएको खेलमा अमेरिकाले २ सय ८२ रनको लक्ष्य दिएको थियो ।
उक्त लक्ष पछ्याउने क्रममा नेपाल २ सय ४४ रनमा सीमित बन्यो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रन बनाए । उनले ८० बलको सामना गर्दै ४ चौका र १ छक्का हिर्काए । सोमपाल कामीले २७ बलमा ४७ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहार गरे ।
यसैगरी, कुशल मल्लले ३३ रन, दीपेन्द्र सिंह ऐरीले ३१ रन, कुशल भुर्तेलले २९ रन र आरिफ शेखले २१ रनको योगदान दिए ।
अमेरिकाका लागि सौरभ नेत्रभाल्करले गर्दै ४ विकेट लिए । उनले ३.५ ओभरमा ४७ रनमात्र खर्चिए ।
यस्तै, साइली भान स्काल्कवाक र नोस्थुक केन्जिगेले २–२ विकेट हात पारे । जसदीप सिंह र हरमित सिंहले १–१ विकेट लिए ।
प्रतिक्रिया
