तिहारमा पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना
काठमाडौँ । तिहारका मुख्य दिन कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तिहार विशेष मौसम बुलेटिन निकालेर महाशाखाले तिहारको मुख्य दिन लक्ष्मीपूजादेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाएको हो ।
उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ । समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया
