नेपाल-बंगलादेश फाइनल काठमाडौँका ३ ठाउँमा प्रत्यक्ष प्रशारण

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र हाँडीगाउँस्थित सानो गौचरनबाट प्रत्यक्ष प्रसारण गरिने महानगरले जनाएको छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।

यो खेल हेर्न धेरैलाई चाहना भएको तर खेलमैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि तीन ठाउँमा व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

फाइनल खेल बेलुकी साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । यसैबीच एन्फाले सूचना निकालेर दशरथ रङ्गशाला लैजान नपाइने वस्तुहरूबारे जानकारी गराएको छ । रङ्गशालामा बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिला हातहतियार र वा औजार लैजान पाइने छैन ।

यस्तै चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ, ठूला झोला, हेल्मेट, बिना अनुमतिका ब्यानर, झण्डा, पोस्टर, पानी वा अन्य कुनै पेय पदार्थका बोतल वा क्यान, लेजर लाइटर, छाता, लिपिस्टिक, नेलकटर, कैची, काइयो लगायतका वस्तु लैजान पाइने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *