काठमाडौँबाट दिल्ली उड्न लागेको विमानमा बम राखिएको हल्ला, जाँच गरिँदै
काठमाडौँ । काठमाडौँबाट भारतको नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमान जाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
दिल्लीबाट १३७ जना यात्रु लिएर आएको विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
उक्त विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् । विमानमा जाँच भइरहे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु छ ।
यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले जाँच गर्दा केही फेला परेको थिएन ।
प्रतिक्रिया
