डेङ्गी संक्रमित बढेको बढ्यै, २७ हजार नाघ्यो
फाइल तस्बिर
काठमाडौँ । नेपालमा डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ । देशका ७६ जिल्लामा संक्रमण फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ ।
देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको महाशाखाले जनाएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्लामध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाडौँमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, ललितपुरमा एक हजार ५७ र भक्तपुरमा छ सय २८ जना गरी काठमाडौँ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण पुस १६ गतेदेखिको हो ।
प्रतिक्रिया
