अरिंगालले टोकेर युवकको मृत्यु

पाँचथर । अरिंगालले टोकेर बिरामी भएका पाँचथरको फिदिम नगरपालिका–६ का २६ वर्षीय शुभराज तुम्रोकको मृत्यु भएको छ । अरिंगालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार अरिंगालले टोकेर बिरामी भएका उनलाई स्थानीय क्लिनिकमा उपचार गरेपछि घरमै राखिएको थियो । घरमै रहेका बेला झन् बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला सदरमुकामस्थित अस्पतालमा ल्याउने तयारी हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *