एकै महिनामा ५३ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेशिए

काठमाडौँ । यो वर्षको असोज महिनामा ५३ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश गएका छन् । गत वर्षको असोज महिनामा ५६ हजार २३५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार असोजमा ५३ हजार ५२५ जनाले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएका थिए ।

तीमध्ये ४७ हजार ४४३ पुरुष र ६ हजार ८२ जना महिला रहेको विभागले जनाएको छ । यो अवधिमा ३४ हजार १६९ जनाले पहिलो पटक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको जनाइएको छ ।

असोजमा ६४२ म्यानपावर कम्पनीले २४ हजार ३९१ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ८ हजार ९३८ जना र ‘जी–टु–जी’ मार्फत ८४० जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

यसअघि साउन महिनामा ५९ हजार ५७५ जना र भदौमा ५७ हजार ४९३ जना वैदेशिक रोजगारीमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *