जंगली हात्तीले विद्यालयको भवन भत्काए
हात्तीले क्षति पुर्याएको विद्यालय । तस्बिर साभारः खबरमञ्च
झापा । जंगली हात्तीको समूहले झापाको बुद्धशान्ति–२ मा रहेको जयपुर बोर्डिङ स्कुलको भवन भत्काइदिएको छ। चार–पाँच वटाको समूहमा आएका हात्तीले विद्यालय भवन भत्काइदिएका हुन् ।
विद्यालय सञ्चालक सन्तोष भण्डारीका अनुसार राति करिब ९ बजेतिर आएका हात्तीले विद्यालय भवनमा क्षति पुर्याएका हुन्।
विद्यालय भवनको छानो, पर्खाल तथा पिलर भत्काएर क्षति भएको भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया
