झापाको अर्जुनधारामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
झापा । झापाको अर्जुनधाराका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा नगरपालिका–३ दार्जिलिङ डाँडास्थित भरत कुमालको घरमा बस्ने ४६ वर्षीय वीरबहादुर चौहानले श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको प्रहरीले जनाएको छ ।
फलामको धारिलो दाउले श्रीमतीको घाँटीमा प्रहार गरी वीरबहादुर फरार भएका थिए । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली परिचालन गरिएको थियो ।
उक्त टोलीले चौहानलाई सोमबार साँझ जुकेखाडी जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । उनको साथबाट हत्यामा प्रयोग भएको दाउ बरामद गरिएको प्रहरीले जनाएको छ ।
झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चौहानलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया
