स्कुटर मेकानिकले जिते २५ करोड भारुको चिट्ठा

काठमाडौँ । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । दुबैले प्रस्ताव अस्वीकार गरे । ‘यसपछि मेरो दिमागमा यो समय भाग्य मेरो साथमा छ भन्ने कुरा आयो‘ अल्ताफले भने, । साँच्चै यसपटक उनको भाग्य चम्कियो । उनले बुधबार केरलाको ओणम लट्रीमा २५ करोड भारतीय रुपैयाँ जिते ।

कर्नाटक, मैसूरको पाण्डवपुराका स्कुटर मेकानिक अल्ताफले भने, ‘मसँग केही छैन । भाडाको घरमा बस्छु । मेरो पसल पनि भाडामा छ ।’ उनकी श्रीमती सीमाले भनिन्, ‘उहाँले विगत १५ वर्षदेखि लट्री टिकट किन्दै आउनुभएको थियो । साथीहरूबाट अफर अस्वीकार भएपछि मैले उहाँलाई अहिले टिकट नकिन्नु भनेँ । किनभने यति वर्षमा उहाँले एक हजार रुपैयाँ पनि जित्न सक्नुभएको थिएन । तर अहिले लट्री जित्नु भयो ।’

जितेपछि अल्ताफ केरलाको सुल्तान बाथेरीमा लट्रीको टिकट किनेको ठाउँमा पुगेका थिए । अधिकारीहरूले उनलाई सार्वजनिक क्षेत्रको बैंकमा चल्ती खाता खोल्न भनेका छन् । अल्ताफले भने, ‘लट्री जिते भने के गर्छु भन्ने धेरै सपना देखेको थिएँ । अल्लाहले मेरो कुरा सुन्नुभयो । अब म घर किन्न चाहन्छु, तर यो बिस्तारै हुनेछ ।’

(बीबीसी हिन्दीबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *