श्रीमतीको हत्या गरी टाउको बोकेर हिँडिरहेका व्यक्ति पक्राउ
विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उदयरपुरको त्रियुगा नगरपालिका–६, जलजलेका ३६ वर्षीय जंगबहादुर घिसिङलाई पक्राउ गरेको छ । हत्यापछि श्रीमतीको टाउको बोकेर हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले मंगलबार बेलुका फेला पारेको थियो ।
सामान्य घरायसी विवादमा उनले श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमतीको टाउको बोकेर उनी डेराबाट निस्किएका थिए ।
उदयपुरकै ताप्ली गाउँपालिका–४ ठानागाउँ घरका उनीहरु जलजलेमा डेरा गरी बस्दै आएका थिए ।
उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घिसिङले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । घिसिङलाई इलाका प्रहरी कार्यालय जलजलेको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।
प्रतिक्रिया
