क्यानाडामा आज ओमानसँग खेल्दै नेपाल

काठमाडौँ । क्यानाडामा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले आज बुधबार ओमानसँग खेल्दैछ । यो खेल क्यानाडाको अन्तारियो प्रान्तस्थित किङ्ग सिटीमा नेपाली समयअनुसार राति पौने १० बजे शुरु हुनेछ ।

यसअघि भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । श्रृङ्खला अन्तर्गत तीनवटा खेलमा नेपालको त्यही एकमात्र जीत हो । मंगलबार राति भएको खेलमा नेपाल घरेलु टोली क्यानाडासँग ४ विकेटले र शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा क्यानाडासँगै १४ रनले पराजित भएको थियो ।

यो विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय श्रृङ्खलापछि घरेलु टोली क्यानाडा, नेपाल र ओमानबीच टी–२० श्रृङ्खला भएको हो । श्रृङ्खलाको अन्तिम खेलमा बिहीबार क्यानाडा र ओमान खेल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *