सुकुनामा वक्तृत्वकला : सुमन भए प्रथम

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति तथा नेपाली शिक्षण विभागद्वारा आयोजित प्रतियोगितामा ‘राष्ट्रको समृद्धिमा प्रतिभा पलायनको असर’ विषय राखिएको थियो ।

प्रतियोगितामा सुमन ढुंगाना प्रथम भए । पुनम दाहाल द्वितीय र टीका कार्की तृतीय भए । यस्तै, आकृति सुवेदीले सान्त्वना पुरस्कार प्राप्त गरिन् । विजेता प्रतियोगीहरुलाई आयोजकका तर्फबाट पुरस्कार प्रदान गरिएको थियो ।

क्याम्पस प्रमुख अर्जुन अधिकारीको प्रमुख आतिथ्य, विदुर सुवेदीको अध्यक्षता तथा खगेन्द्र दाहालको सञ्चालनमा सम्पन्न उक्त प्रतियोगितामा डा. दीपक न्यौपाने, उमा गुरागाईँ तथा विक्रम थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *