प्रजातान्त्रिक विचार समाज मोरङले पायो नेतृत्व

विराटनगर । शिक्षासेवी रमानाथ भट्टराईको नेतृत्वमा प्रजातान्त्रिक विचार समाज पुनर्गठन गरिएको छ । विराटनगरमा भएको साधारणसभाले भट्टराईलाई सभापतिमा चयन गरेको हो । उपसभापतिमा डिकप्रसाद घिमिरे, सचिवमा इन्दिरा प्रसाईं, सहसचिवमा ईश्वर घिमिरे र कोषाध्यक्षमा डिल्लीबहादुर कार्की छानिएका छन् ।

साधारणसभाले दिनेशराज सुवेदी, डा. ससितकुमार यादव, राजकुमार राजवंशी, राजेन्द्र घिमिरे, दुर्गा पोखरेल, मीनकुमार नवोदित, यामबहादुर मगर, विष्णुकान्त झा, डा. रोशन खड्का र सदीक्षा कार्कीलाई सदस्यमा चयन गरेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता भरत थापाले जानकारी दिए ।

अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएपछि समाज नेतृत्वविहीन भएको थियो । साधारणसभामा समाजका कोशी प्रदेश उपसभापति युत्सुव बञ्जारा, मोरङका पूर्वअध्यक्ष डा. मदन कोइराला, वरिष्ठ अधिवक्तासमेत रहेका निर्वाचन अधिकृत भरत थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *