क्यानाडामा नेपालले ओमानलाई ३७ रनले हरायो

काठमाडौंँ । क्यानाडामा भइरहेको त्रिदेशीय टि–ट्वान्टी शृङ्खलामा नेपालले ओमानलाई हराएको छ । किङ सिटीमा सोमबार बिहान सकिएको खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो ।

नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९ ओभर एक बलमा एक सय ३९ रन बनाउँदै अल आउट भयो । ओमानका लागि सोयब खानले सर्वाधिक ४५ तथा रन बनाए । नेपालका करण केसीले तीन विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले नट आउट रहँदै सर्वाधिक ४० रन बनाए । ओमानका कप्तान अकिब इल्यासले तीन विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोलीसँग १४ रनले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भोलि क्यानडासँग र चौथो खेलमा पर्सि बुधवार फेरि ओमानसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *