संविधान संशोधनका लागि छलफल भइरहेको छः सभामुख घिमिरे
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका लागि वृहत् बहस, सल्लाह र छलफल आवश्यक रहेको बताएका छन् । यसका लागि राजनीतिक दलहरूबीचमा छलफल चलिरहेको पनि उनले जानकारी दिए ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारमाझ बोल्दै उनले यस्तो बताएका हुन् । सङ्घीयता कार्यान्वयन गर्न कानुनको अभाव रहेको उनको भनाइ छ ।
संविधान संशोधन संसद्ले गर्ने उल्लेख गर्दै सभामुख घिमिरेले संशोधन गर्ने प्रक्रियादेखि के विषयमा र कसरी तथा कहिले गर्नेजस्ता विषयमा भने बृहत्तर समझदारी आवश्यक हुने बताए ।
‘संविधान संशोधनका लागि वृहत् बहस, सल्लाह र छलफल आवश्यक छ’ उनले भने ‘यसका लागि राजनीतिक दलहरूबीच छलफल चलिरहेको छ ।’
प्रतिक्रिया
