त्रिदेशीय क्रिकेट : क्यानाडासँग भिड्दै नेपाल
काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय क्रिकेट शृङ्खला सोमबार क्यानाडामा शुरु हुँदैछ । यसअन्तर्गत नेपाल, क्यानाडा र ओमानबीच खेल हुन लागेको हो ।
आजको उद्घाटन खेलमा नेपालले घरेलु टोली क्यानाडासँग खेल्दैछ । तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानाडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ ।
सबै खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुने छ । यो शृङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ । त्यसपछि लिग–२ को अर्काे त्रिदेशीय शृङ्खला खेल्न नेपाली टोली अमेरिका जानेछ ।
प्रतिक्रिया
