मेरा वरिपरिका बुजीहरु
म सानो छँदा
जब कमिला समाउन खोज्थेँ
मलाई डर देखाउन
खोज्थे ‘बाबु बुजी हो’ भनेर
त्यसैगरी जब
म कुनै कीरा समाउन खोज्थेँ
मलाई डर देखाउन
खोज्थे ‘बाबु बुजी हो’ भनेर
फेरि, जब म कुनै
सानो चरा समाउन खोज्थेँ
मलाई डर देखाउन
खोज्थे ‘बाबु बुजी हो’ भनेर
त्यसपछि मलाई थाहा भयो
मैले मन पराएको
हरेक बस्तु बुजी हो भनेर ।
आजकाल मेरा वरिपरि
धेरै बुजी नै बुजी मात्र छन्
जसले
जुनसुकै बेला पनि
मलाई डर मात्र
देखाइरहेका हुन्छन्
त्यही सानो हुँदाको
कहानी स्मरण गराएर
र मलाई यति धेरै काँतर बनाएका छन्
मेरा हरेक क्रियाकलापले
जहाँ म जताततै
बुजी नै बुजी मात्र देख्छु
त्यही मेरो बालककालका
बुजीहरु
आज मेरो वरिपरि घुमिरहेको देख्छु
मानवको रूप लिएर ।
-विराटनगर
प्रतिक्रिया
