कोशी सरकारमा काङ्ग्रेस सहभागी, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली काङ्ग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । बिस्तारपछि मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

मुख्यमन्त्री कार्कीले भुपेन्द्र राईलाई भौतिक पूर्वाधार, खगेनसिंह हाङ्गामलाई उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डललाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, भूमि राजवंशीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरू र राज्यमन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका छन् ।

यसअघि एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसकेका छन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *