आयल निगमद्वारा ३५ जना कर्मचारी माग
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले प्रशासन, प्राविधिकसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी ३५ जना कर्मचारी माग गरेको हो ।
खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने निगमले जनाएको छ । योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । निर्धारित मितिमा नभ्याए म्याद सकिएको मितिले ७ दिनभित्र दोब्बर दस्तुर तिरेर दरखास्त फाराम पेस गर्नु सकिने सूचनामा जनाइएको छ ।
निगमले प्रकाशित गरेको सूचना-
प्रतिक्रिया
