कोशीमा अस्थायी लाइसेन्स दिन थालियो
सुनसरी । कोशी प्रदेशमा बुधबारदेखि अस्थायी लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण सुरु गरिएको छ । अब ‘स्मार्ट लाइसेन्स’ का लागि ३ वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले लाइसेन्स वितरण गरे ।
गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमति पत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्यूआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो ।
त्यही निर्णयअनुसार कोशी प्रदेशबाट अस्थायी कार्ड वितरण सुरुवात गरिएको हो । उक्त अस्थायी कार्डको अवधि १ वर्षको हुने जनाइएको छ । कोशी प्रदेशमा रहेका लाइसेन्स जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटै कार्यालयबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको कार्यालयले जनाएको छ ।

यश भन्दा अगाडि ट्रायल पास गर्ने ले पनि यो लाईसेन्स पाउने हो कि नपाउने हो।
Liscence pass gareko 1.5 yrs bhayo.
Hamile Yo Sewa Paune ki nae?
Blu book ko पनि sanu laincenes jastai sanu kard kar terako den dayama laiseance blubook yakai Thomas rakhna sajilo huna thio