विद्युतीय मोटरबाट करेन्ट लाग्दा मोरङमा वृद्ध दम्पतीको मृत्यु
विराटनगर । मोरङको बूढीगङ्गामा करेन्ट लागेर दम्पतीको मृत्यु भएको छ । बूढीगङ्गा गाउँपालिका–५ मा करेन्ट लागेर आज बुधबार भारतीय वृद्ध दम्पतीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार भारतको भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी ७२ वर्षीया श्रीमती कुमादेवी मण्डलको मृत्यु भएको हो ।
स्थानीयको जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका उनीहरूलाई बिजुलीमा जोडिएको मोटर चलाएर चापाकलबाट पानी तान्ने क्रममा करेन्ट लागेको थियो । दुवैको घटनास्थलमै मृत्यु भएको हो ।
प्रतिक्रिया
