संसारले यो जोडी चिनोस्, यिनबाट सिकोस् !

काठमाडौँ । ब्राजिलमा एक दम्पतीले १८ वर्षमा २० लाखवटा रूख रोपे । उजाड क्षेत्रलाई हरियाली बनाए । त्यहाँ विकसित भएको वनमा १७२ प्रजातिका चरा, ३३ स्तनपायी, १५ उभयचर, १५ सरीसृप र २९३ प्रजातिका बोटबिरुवाहरू फर्किए ।

त्यसैले सारा संसारले यिनबाट सिक्नुपर्छ, यिनलाई चिन्नुपर्छ । यी लेलिया वानिकसेबास्तियाओ साल्गादो हुन् । यो दम्पतीले २० लाख बिरुवा रोपेर जंगललाई पुनर्जीवित गर्ने सानो संस्था टेरा इन्स्टिच्युट खोल्ने निर्णय पनि गरे ।

‘यहाँ एउटा मात्र प्राणी छ जसले कार्बनडाइअक्साइडलाई अक्सिजनमा रूपान्तरण गर्न सक्छ, र त्यो रूख हो । हामीले जंगललाई पुनः रोप्नुपर्छ’ उनीहरुले भनेका छन् । स्थानीय बिरुवाहरू मात्रै लगाएर, दम्पतीले सम्पूर्ण पारिस्थितिकीय प्रणालीलाई छिन्नभिन्न हुनबाट जोगाएका हुन् ।

नाङ्गो क्षेत्र हरियाली वनमा रूपान्तरित भयो । जीवहरू फर्कन सक्ने वातावरण बन्यो । ती रमाउने, बस्ने उपयुक्त वासस्थानका रुपमा फेरियो । उक्त जोडीले दर्जनौं लोपोन्मुख प्रजातिहरूलाई बचाए, पुनः वनमा फर्काए ।

‘पृथ्वी म जस्तै उदास थियो, सबै नष्ट भयो । त्यसपछि मेरी श्रीमतीले यो जङ्गललाई पुनः हराभरा बनाउने राम्रो विचार ल्याइन् । हामीले त्यस्तै बनायौँ । त्यसपछि सबै कीरा, माछा र चराहरू फर्किए । नयाँ नयाँ रुख उम्रिने, हुर्किने गरेकामा रूखहरूलाई धन्यवाद छ’ सेबास्तियाओले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

उनीहरूको अठोट, समर्पण र लगनशीलता देखेर प्रशंसा गर्नेहरूले भन्ने गरेका छन्, ‘संसारले यो जोडी चिनोस् र यिनबाट सिकोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *