मोबाइलको निष्क्रिय भएको सिमकार्ड अरूलाई बेच्न नपाइने

काठमाडौं । एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुनः अर्को व्यक्तिलाई बेच्न नपाइने भएको छ ।

सर्वोच्च अदालतले त्यस्तो निष्क्रिय भइसकेको सिमकार्ड अर्को व्यक्तिलाई बेच्न नपाइने आदेश दिएको हो ।

कुनै एक जनालाई बिक्री भइसकेको सिम ‘एक्टिभ’ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो ।

सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः विक्री वितरण गर्ने पाउने व्यवस्था थियो ।

सर्वोच्चले दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन कार्यान्वयन नगर्न, नगराउन भन्दै अन्तरिम आदेश दिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *