तनहुँमा पहिरोले पुरिएर ३ जनाको मृत्यु
काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिएर हराइरहेका दुई जनाको शव फेला परेको छ । यसअघि हिजो पहिरोले पुरिएर सोही स्थानमा एकजनाको मृत्यु भएको थियो ।
पहिरोले स्थानीय हिरा नेपालीको घर पुरिँदा उनीसहित ३ जना पनि पुरिएका थिए । हिराको शव हिजो फेला परेको थियो । बेपत्ता भएका अनिषा बास्तोला र श्याम भण्डारीको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन् । घाइतेहरुको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
