काठमाडौंमा वायु प्रदूषण बढ्दोः स्वास्थ्यमा जोखिम

काठमाडौं । केही दिनदेखि काठमाडौंको वायु प्रदूषण उच्च देखिएको छ । मनसुन सुरु हुनुअघिको गतिविधि ‘प्रि–मनसुन’ मा पर्याप्त वर्षा नभएका कारण काठमाडौंको वायु प्रदूषणमय बनेको हो ।

वायु प्रदुषण मापन गर्ने आईक्यू एयरकाअनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकांक एक सातादेखि १५० एक्यूआईभन्दा माथि छ ।

शनिबार बिहान काठमाडौं उपत्यका विश्वको प्रदूषित सहरको चौथो नम्बरमा छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९१ छ । सबैभन्दा खराब वायु प्रदूषण रहेको सूचीको पहिलो नम्बरमा बंगलादेशको ढाका छ । त्यहाँको एक्यूआई २२३ छ ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार एक्यूआई ५० सम्मको वायुलाई स्वस्थकर मानिन्छ । योभन्दा बढी एक्यूआई रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक मानिन्छ ।

तत्काल पानी नपरे वायु प्रदूषण अझ स्तर बढ्दै जाने अनुमान गरिएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा सोमबारसम्म वायु धुम्म रहने जनाएको छ । मंगलबारदेखि मौसममा थोरै बदली आउने अनुमान छ ।

देशका पहाडी भू–भाग र तराई क्षेत्रमा भने आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ ।

आजको मौसमले गण्डकीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना रहेकाले केही सहज हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *