हराएको जवानी
जता राम्रो देख्यो उतै ढल्केर गयो जवानी
थोरै दया देखाउँदा नि पल्केर गयो जवानी।
आफूमा भने सधैं दुःखको छायाले बास गर्यो
जता खुसी देख्यो उतै झल्केर गयो जवानी।
आफ्नो ठान्नेहरू कहाँ भने मायाको मुहान सुकाई
पराईको पापी मन भिजाउन छल्केर गयो जवानी।
न आफूले सुख पायो न त यसले मलाई नै सुख दिलायो
जसको कहिले हुनु थिएन उहीसँग सल्केर गयो जवानी।
प्रतिक्रिया
