सरकारी कर्मचारीको तलब वृद्धि

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलब वृद्धि गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीहरूको तलब बढाउने घोषणा गरेका हुन्। विगत चार वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि हुन सकेको थिएन।

सरकारले महंगी भत्तालाई यथावत राख्दै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छ। कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएकाले यस पटकको बजेटलाई प्रोत्साहनमा आधारित विशेष प्राथमिकता दिइएको अर्थमन्त्रीले जनाए।

यो वृद्धिपछि सरकारी कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथि कायम हुने दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *