नयाँदिल्लीमा उपचाररत न्यायाधीश श्रेष्ठको रकम सङ्कलन नगर्न अनुरोध

काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफू भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्यूट एन्ड रिसर्च अस्पतालमा बोनम्यारो समस्यालाई लिएर उपचार गराइरहेको बताएका छन्।

न्यायाधीश श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो उपचारमा चासो, चिन्ता, स्वास्थ्यलाभ र सदभाव व्यक्त गर्नुहुने सबैप्रति अनुगृहित रहेको बताएका छन्।

न्यायाधीश श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, “मेरा शुभेच्छुक एवं शुभचिन्तकहरुले मेरो उपचारका सन्दर्भमा स्वस्फूर्त रुपमा सहयोग जुटाउने हेतुले रकम सङ्कलन गर्न थाल्नु भएको खबर पनि पाएको छु।”

न्यायसेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएको बताउँदै न्यायाधीश श्रेष्ठले यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिन सबैमा विनम्र अनुरोध गरेका छन्। उनले, “आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नु हुनेछ” भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *