प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १०ः३० बजे बैठक बस्ने तय भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो नियमित बैठक हो। बैठकमा सरकारका चालू कामकारबाही र नियमित कार्यसूचीका विषयमा छलफल हुने बताइएको छ।

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *