नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा छलफल सकिएपछि मन्त्री वाग्लेले जवाफ दिने कार्यक्रम तय भएको हो । यसअघि यस्ता प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहे पनि यसपटक भने फरक अभ्यास गर्न लागिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सट्टा अर्थमन्त्रीले जवाफ दिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार यो कार्यसूची आपसी सहमतिमै तय गरिएको हो ।

संसद् सचिवालयको सुरुवाती कार्यसूचीमा प्रधानमन्त्री शाहले नै जवाफ दिने उल्लेख भए तापनि अन्तिम समयमा यसमा हेरफेर गरिएको छ । गत वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *