मनले आफ्नै रहर पाल्न सकेन

आज मनले आफ्नै रहर पाल्न सकेन ।
जसरी अभावले पीडा सम्हाल्न सकेन ।

हजारौँ सपना बोक्न सक्ने आँखाले,
नजरबाट झरेकालाई उचाल्न सकेन ।

सोच्छु देशै जलाउने हातहरूले पनि,
गरिबको घरमा चुल्हो बाल्न सकेन ।

जब सवाल यहाँ हैसियतको आइदियो ,
भाइले पनि दाजुलाई अँगाल्न सकेन ।

-हेटौँडा, मकवानपुर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *