कांग्रेसः उपनेता शाह, प्रमुख सचेतक थापा र सचेतक राई
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले दलको उपनेतामा अभिषेक प्रताप शाहलाई नियुक्त गरेका छन् ।
आङ्देम्बेले बुधबार शाहलाई उपनेताको जिम्मेवारी सुम्पिएका हुन् । शाह कपिलवस्तु क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् ।
त्यसैगरी आङ्देम्बेले संसदीय दलको अन्य महत्वपूर्ण पदहरूमा पनि नियुक्ति गरेका छन् । जसअनुसार प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राईलाई नियुक्त गरिएको छ ।
संसदीय दलको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधि सभाका लागि शाहलाई उपनेता, थापालाई मुख्य सचेतक र राईलाई सचेतक पदमा मनोनयन गरिएको हो ।
नेता आङ्देम्बेले पार्टीको विधान र नियमावलीको व्यवस्था बमोजिम यी नियुक्तिहरू गरेका हुन् ।
प्रतिक्रिया
