संविधान संशोधन : कार्यदलले थाल्यो कानुनविद्हरूसँग छलफल

काठमाडौँ। सरकारले संविधान संशोधनका लागि औपचारिक गृहकार्यलाई तीव्रता दिँदै ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत परामर्श प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गर्‍यो।

यसअघि सोमबार संविधानविद्हरूसँग सुझाव लिएको कार्यदलले मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णय र वैशाख १० गतेको बैठकको कार्ययोजना अनुसार यो सक्रियता देखाएको हो।

कार्यदलले विभिन्न क्षेत्रका सरोकारवालासँगको छलफलबाट प्राप्त सुझावका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *