विराटनगर जेसीजद्वारा उत्प्रेरणामूलक कार्यक्रम

विराटनगर । विराटनगर जेसीजको आयोजनामा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ। सोही अवसरमा संस्थाले आफ्नो वार्षिक क्यालेन्डर समेत औपचारिक रूपमा विमोचन गरेको छ।

कार्यक्रममा लायन्स डिस्ट्रीक्ट ३२५ सी का पूर्व डिस्ट्रीक्ट गभर्नर, मोरङ सहकारी अस्पताल तथा एस्पायर कलेजका सञ्चालक विकास अधिकारी, ओबि मिडिया प्रा.लि.का सञ्चालक विवेक दाहाल र नेपाल जेसीजका उपाध्यक्ष अनिष भट्टराईले सहभागीहरूलाई उत्प्रेरणा प्रदान गरे। वक्ताहरूले व्यक्तिगत विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सकारात्मक सोचको महत्वबारे आफ्ना अनुभव सुनाएका थिए।

कार्यक्रमकै विशेष आकर्षणका रूपमा विराटनगर जेसीजको वार्षिक क्यालेन्डर अतिथिहरूद्वारा संयुक्त रूपमा विमोचन गरियो। उक्त क्यालेन्डरमा संस्थाका वर्षभरि सञ्चालन हुने योजना, सामाजिक अभियान तथा महत्वपूर्ण गतिविधिहरू समेटिएको छ। क्यालेन्डरले संगठनका गतिविधिहरूलाई व्यवस्थित रूपमा अगाडि बढाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले युवाहरूमा आत्मविश्वास वृद्धि गर्दै लक्ष्यप्रति केन्द्रित हुन प्रेरित गरेको विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जानकारी दिए। कार्यक्रममा विभिन्न क्षेत्रका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक प्रकाश सुबेदीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *