इलाममा गोलिया बोकेको ट्रक दुर्घटना

इलाम । इलामको माईजोगमाई गाउँपालिका-३ चम्लेटारमा आज शुक्रबार एउटा ट्रक दुर्घटना भएको छ।

नामसालिङबाट गोलिया बोकेर झापातर्फ जाँदै गरेको ना ५ च २१९७ नम्बरको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। मन्दिर नजिकै भएको उक्त दुर्घटनामा ट्रकका चालक मात्र सवार थिए।

दुर्घटनामा चालकको टाउकोमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा रहेको र उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेको ट्रक झापाको रहेको र चालक इलामको सूर्योदय नगरपालिका-२, पशुपतिनगर निवासी रहेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *