पञ्चकन्या हाइड्रोपावरको पाइप फुटेपछि…
इलाम । सन्दकपुर गाउँपालिका-४ गुम्बाडाँडामा रहेको पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुटेको छ। सोमबार दिउँसो ३ बजे बिजुली उत्पादनका लागि पावर हाउसतर्फ जाने मुख्य पाइप फुटेको हो।
घटनाबारे दिउँसो सवा ३ बजे जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माबुबाट टोली घटनास्थलमा खटिएको थियो।
पाइप फुटेपछि त्यस क्षेत्रमा निकै क्षति भएको हुन सक्ने हल्ला फैलिएको थियो। प्रहरीका अनुसार पाइप फुटे पनि मानवीय वा पशुचौपायाको क्षति भने भएको छैन।
सम्बन्धित हाइड्रोपावरका कर्मचारीलाई यसबारे जानकारी गराइसकिएको छ। सञ्चित रहेको पानी बगेर सकिएपछि मात्र क्षति भएको पाइप मर्मतको काम सुरु हुने प्रहरीले जनाएको छ।
प्रतिक्रिया
