कांग्रेसले वैशाख ११ गते संसदीय दलको नेता छान्ने

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन आगामी वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो ।

निर्वाचन समितिकी सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज सोमबार कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन सम्पन्न गर्ने गरी आफूहरू जुटेको जानकारी दिइन् । कार्यतालिकाअनुसार वैशाख ९ गते दलको विधान संशोधनबारे छलफल गरी त्यसलाई पारित गरिने छ र ११ गते निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् । संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दलले दलको नेता चयन गरिसके पनि कांग्रेसले अहिलेसम्म चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो । कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे र अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *