आकाशको जुन झारिदिन्छु भन्नेहरू
खरको छानोबाट
पानी चुहेर
बेहाल छ घरको धुरी ।
रमिता
हेरिरहने सहर
गाउँमा विकासको भेल
पसेको पटक्कै मन पराउँदैन ।
वाचा बन्धन गाँसेपछि
किन आफ्नै खुट्टामा बन्चरो हान्छन्
म तिम्रो लागि आकाशको जुन झारिदिन्छु भन्नेहरू ।
कतिजना हाँसिरहेका छन्
दुःखमा पनि ।
हजुर तिमीले आफ्नै
धुरीको इँटा पो जोड्नु पर्दछ ।
विचारहरू,
आफ्नै धुनमा छन् ।
पहिला-पहिला विचारहरू
खम्बा समाउन आउँथे ।
सुक्खा हाँगामा टेकियो भने त…
लड्छ नि मामा
आ ! जेसुकै होस्
भाइरल र भाइरसका परिणाम हुन् ।
वास्तवमा इच्छा थिएन नि
आफैँ बसेको हाँगा काट्नु
न कि अरूलाई तमासा देखाउनु ।
रोइरहेछ
लावारिस जिन्दगी ।
-मिरिक, डुपटिन, भारत ।
प्रतिक्रिया
